दफा ७
विध्वंसात्मक कार्य गर्न नहुने
:(१) कसैले विध्वंसात्मक कार्य गर्न वा गराउन हुदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायका कुनै काम गरेमा निजले विध्वंसात्मक कार्य गरेको मानिनेछ :
(क) कुनै प्रकारको हातहतियार, बम, विष्फोटक पदार्थ वा अन्य कुनै उपकरण वा वस्तु प्रयोग गरी नेपालको सार्वभौमसत्ता, प्रादेशिक अखण्डता वा नेपाल वा यसको कुनै
भागको सुरक्षा वा शान्ति र व्यवस्थामा खलल पार्ने वा विदेशस्थित नेपाली कूटनीतिक नियोग वा त्यसको सम्पत्ति वा नेपालस्थित विदेशी नियोग वा अन्तर्राष्ट्रिय अन्तरसरकारी
संस्थाको आवासीय कार्यालय वा त्यसको सम्पत्ति वा कुनै सार्वजनिक वा निजी पूर्वाधार, संरचना वा विकास परियोजनाको संरचना वा त्यसको हाता वा शिक्षण संस्था, स्वास्थ्य
संस्था वा यातायात संस्था जस्ता सर्वसाधारणलाई सार्वजनिक सेवा प्रदान गर्ने सेवा प्रदायकको भवन, साधन, उपकरण, यन्त्र ध्वस्त गरी क्षति पु¥याउने वा तोडफोड गर्ने
वा सोको योजना बनाउने वा त्यस्तो स्थानमा मानिसको जीउ ज्यान जाने, अ·भ· हुने वा चोटपटक पुर्याई घाइते तुल्याउने काम वा आगो लगाउने वा दैनिक उपभोग्य
वस्तुमा वा सार्वजनिक स्थानमा विषालु पदार्थ प्रयोग गरी मानिसको जीउ ज्यान जाने वा अ·भ· हुने वा अन्य क्षति पुर्याउने काम,
(ख) खण्ड (क) मा उल्लिखित कुनै काम गरी सर्वसाधारणको आवत जावत गर्ने वा भेला हुने काममा डर, त्रास, फैलाई आतड्ढित गर्ने कुनै काम,
(ग) खण्ड (क) वा (ख) बमोजिमको उद्देश्यको लागि सो खण्डमा उल्लिखित पदार्थ प्रयोग गरी वा प्रयोग गर्ने धम्की दिई वा त्यस्तो पदार्थ प्रयोग नगरी अन्य कुनै पदार्थ वा साधन प्रयोग गरी वा प्रयोग गर्ने धम्की दिई कसैको जीउ ज्यान लिने, अ·भ· गर्ने, घाइते तुल्याउने वा अन्य कुनै प्रकारको क्षति गर्ने धम्की दिई कुनै स्थान वा कुनै प्रकारको सवारी साधनमा कसैलाई जोरजुलुम गर्ने वा आतड्ढित गर्ने वा त्यस्तो स्थान र साधनबाट वा त्यस्तो साधनद्वारा यात्रा गरिरहेका कसैलाई त्यस्तो साधन सहित वा साधन रहित अपहरण गर्ने वा त्यस्तो कार्यद्वारा आतड्ढित तुल्याउने काम,
(घ) खण्ड (क), (ख) वा (ग) बमोजिमको उद्देश्यले कुनै प्रकारको हातहतियार वा बम वा विष्फोटक पदार्थ वा विषालु पदार्थ उत्पादन गर्ने, वितरण गर्ने, सञ्चय गर्ने, ओसार पसार वा निकासी पैठारी गर्ने, बिक्री गर्ने, लिएर हिड्ने वा जडान गर्ने वा जानी जानी त्यस्तो कार्यमा सघाउ पु¥याउने काम,
(ङ) खण्ड (क), (ख), (ग) वा (घ) बमोजिमको उद्देश्यको निमित्त जबरजस्ती गरी नगदी वा जिन्सी उठाउने, सम्पत्ति लुटपिट गर्ने काम ।